सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

सञ्जालदेखि सडकसम्म जेनजीको प्रश्न : कार्की आयोगको प्रतिवेदन खोइ ?

काठमाडौं। गत भदौ अन्तिम साताको जेन–जी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै जेन–जी अगुवा रक्षा बमसहितको समूहले माईतीघरमा प्रदर्शन गरेका हुन् । आयोगले गत २४ फागुनमा सरकारलाई जाँचबुझ प्रतिवेदन बुझाएको थियो । यसैबीच जेन–जी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने ग्यारेन्टी दिनुपर्ने बताएक िछन् । सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिवद्धता गर्नुपर्ने उनको भनाइ छ ।

उनले अब बन्ने सरकारले शपथ लिनुअघि जेन–जी पुस्तासँग संकल्प गर्नुपर्ने बताइत् । बमले राज्य शक्तिशाली भएपनि नागरिकमाथि दमन गर्न नपाइने स्पष्ट सन्देश दिनुपर्ने बताइन् ।सुशासनका विषयमा सरकार सकारात्मक हुने अपेक्षा व्यक्त गर्दै जनताका तर्फबाट खबरदारीपूर्ण समर्थन रहने उनको भनाइ छ । उनले समयक्रमसँगै अन्य विषय परिवर्तन हुन सक्ने भए पनि नागरिक सुरक्षाको ग्यारेन्टी पहिलो प्राथमिकता हुनुपर्ने धारणा राखिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x