शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाउन सुझाव

काठमाडौं । होटल एशोसिएशन नेपाल ९हान० का अध्यक्ष विनायक शाहले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।

पर्यटन क्षेत्रले देशको आर्थिक गतिविधिमा ठूलो योगदान दिन सक्ने भएपनि अहिले स्पष्ट मार्गचित्र नभएको उनले बताए । अध्यक्ष शाहले आगामी ५ वर्षका लागि बन्न लागेको सरकारले एउटा ठोस योजना ल्याउनुपर्ने र सोही आधारमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए ।

शाहले आगामी ५ वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितको योजना बनाउन सरकारलाई सुझाव दिए । उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक नीति, ऐन र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ ।

पर्यटक आकर्षणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको शाहले बताए । उनका अनुसार निजी क्षेत्र अहिले पनि प्रवद्र्धनका कार्यमा सक्रिय रहेको छ । सरकारले निजी क्षेत्रको भुमिका र कार्यका बारेमा स्पष्ट नीति ल्याएमा निजी क्षेत्र थप ऊर्जाका साथ काम गर्न तयार रहेको उनको भनाइ छ । दुई तिहाइ बहुमत नजिकको सरकार बन्न लागेकोमा पर्यटन क्षेत्र उत्साहित रहेको समेत उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x