सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

काठमाडौं । डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचोकको कच्ची सडकमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा चालक आदर्श गाउँपालिका–३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र काँडीस्याउलेकै १९ वर्षीय कैलाश विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलले जानकारी दिएका छन् ।

खतेडाबाट काँडीस्याउलेका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१च ३९२३ नम्बरको जीप गएराति दुर्घटना भएको हो । दुर्घटनापछि दुवै जना साइलीखोलामा मृत अवस्थामा भेटिएको डोटी प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x