आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको खेलकुदमन्त्री पोखरेलको भनाइ

काठमाडौं । शिक्षा, खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

बिहीवार मन्त्रालयमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामनासहित बिदाइ गर्दै उनले यस्तो बताएका हुन् । दक्षिण एशियाली फुटबल महासङ्घ महिला च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीका लागि आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको बताए । उनले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गरे । टोलीको सुधारोन्मुख खेलले देशको शिर ठाडो पारेको उनको भनाइ छ । राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न नसकेकोप्रति आत्मआलोचना गर्दै उनले उपलब्ध सिमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहने बताए ।

आफ्नो मन्तव्यको अन्त्यमा मन्त्री पोखरेलले टोलीलाई उच्च मनोबलका साथ मैदानमा उत्रन आग्रह गरे । बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, अखिल नेपाल फुटबल सङ्घका प्रतिनिधि र खेलाडीहरूको उपस्थिति रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x