खडकराज पौडेललाई पर्यटनमन्त्रीको जिम्मा
पर्यटकीय राजधानी पोखराले पर्यटनमन्त्री पाएको छ । बालेन्द्र शाह नेतृत्वको सरकारमा उनकै निकट खडकराज पौडेल (गनेस) पर्यटनमन्त्रीमा पक्का भएका हुन् । उनी कास्की १ बाट प्रत्यक्षतर्फ विजयी भएका हुन् ।
साहित्यिक वृत्तमा परिचित उनी लेखकसँगै पोखरामा पठन संस्कृतिका प्रवर्द्धक समेत हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आडैमा घर भएका पौडेल २०७९ को स्थानीय निर्वाचनमा पोखराको मेयरमा पराजित भएका थिए ।
स्थानीय तहको निर्वाचन निर्दलीय बनाउनुपर्ने एजेन्डासहित होमिएका उनी बालेनले जस्तै लौरो चुनाव चिन्ह लिएर चुनावमा उठेका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE