सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो :ज्येष्ठ सदस्य केसी

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ सभामुख र संसदले जिम्मेवार भुमिका खेल्नुपर्ने बताएका छन् ।

उनले संसद विभिन्न विचारधाराको संगमस्थल भएकाले मतभेद, विवाद र तिक्तता देखिनु स्वाभाविक भएपनि ती सबै प्रक्रियाबाट निष्कर्षमा पुग्नु नै लोकतन्त्रको सौन्दर्य भएको उल्लेख गरेका छन् । केसीले आजको बैठक विवादरहित रुपमा सञ्चालन गर्ने विषयमा सबै राजनैतिक दलहरु प्रतिवद्ध रहेको विश्वास समेत व्यक्त गरे । संसद राष्ट्रिय राजनीति र संस्कृतिको प्रतिविम्व भएको उल्लेख गर्दै केसीले त्यसको संरक्षक सभामुख हुने बताए । लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय सार्वभौमिकताको संरक्षणका लागि संसद र सभामुखले निरन्तर सक्रिय भुमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

मुलुक र जनताको हितमा गरिने काममा सहयोग गर्नु र कमिकमजोरी हुँदा सिर्जनात्मक आलोचना गर्नु नै लोकतन्त्रको मुल मर्म भएको उनको बुझाइ छ । केसीले स्थिर सरकार, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण अहिलेको प्रमुख आवश्यकता भएको भन्दै नीतिगत रुपमा हुने भ्रष्टाचार अन्त्य गर्न जरुरी रहेको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि विधि र प्रक्रिया पालना अपरिहार्य रहेको उल्लेख गर्दै आग्रह–पूर्वाग्रहका आधारमा कारबाही गर्दा विधिहीनता निम्तिने चेतावनी पनि दिए ।

उनले सभामुखको निर्वाचन नहुँदासम्म प्रभावकारी रुपमा सभामुखको भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x