शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

ओली–लेखकलाई लगाइएको मुद्दा तत्काल खारेज गरियोस्ः एमाले

काठमाडौंप्रतिपक्ष दल नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका उपाध्यक्ष गुरुप्रसाद बरालले सो माग गरेका हुन।

उनले ओली र काँग्रेस नेता एवं पूव गृहमन्त्री रमेश लेखकमाथि खोटपूर्ण ढंगले मुद्दा लगाउने प्रयास गरिएको भन्दै सैह्य नहुने चेतावनी समेत दिए । उपाध्यक्ष बरालले जेन–जी आन्दोलनको एउटै घटनामा पनि सुरक्षा निकाय र कर्मचारीलाई एकखालको व्यवहार तथा ओली र लेखकलाई सरकारले अर्को खालको व्यवहार गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले भने ,‘नेपालको संविधान र विधिको शासनलाई आज देशभरी उलंघन भइरहेको छ । यो उलंघन गर्ने अधिकार सरकारलाई छैन । यस अर्थमा संविधान प्रदत्त नागरिकको मौलिक अधिकारहरुलाई स्थापित गर्नका लागि म निर्देशनका लागि अनुरोध गर्दछु । सँगसँगै भदौ २३ र २४ को घटनालाई लिएर तीनखालको स्तरमा एक सुरक्षा निकायलाई अगलै कार्यदल बनाएर अनुसन्धान गर्ने, राष्ट्र सेवकहरुको सन्दर्भमा दोस्रो नजिर र पूर्वप्रधानमन्त्री र गृहमन्त्री केपी शर्मा ओली र रमेश लेखकको सन्दर्भमा तेस्रो नजिर जो स्थापना गर्न खोजिएको छ । यो खोटपूर्ण कानून खडा गरेर सो मुद्दा लगाउन खोजिदैछ । यसप्रति म गम्भिर आपत्ति गर्दछु । यी मुद्दाहरु खारेजजन्य छन् । यसलाई म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उपाध्यक्ष बरालले सरकारले संविधान र कानूनको उलंघन गरिरहेको जिकिर गर्दै असन्तुष्टि समेत व्यक्त गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x