शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

आर्थिक सुधार गरेमात्रै राजनीतिक स्थिरता कायम हुन्छः उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा जस्तोसुकै राजनीतिक व्यवस्था आएपनि आर्थिक विकास र निजी क्षेत्रको प्रबद्र्धन विना सरकार र व्यवस्था टिकाउ हुन नसक्ने बताएका छन् ।

राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले संघीय संरचना र नयाँ संविधानले जनतामा जगाएको आशा आर्थिक क्षेत्रमा नदेखिएको बताउँदै आर्थिक सुधारमा नयाँ सरकार लाग्नुपर्ने बताएका हुन् । उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै गत भदौ २४ गतेको निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने बताए। निजी क्षेत्रलाई मात्र दोषी देखाउने र आक्रमण गर्ने परिपाटीले लगानीको वातावरण बिगार्ने उनको भनाइ रहेको छ । ढकालले भौतिक पूर्वाधारको अवस्थाप्रति टिप्पणी गर्दै ढकालले जताततै सडक खनिए पनि प्रमुख राजमार्गहरूको अवस्था दयनीय रहेको औंल्याए । ठूला र गुणस्तरीय पूर्वाधार (कनेक्टिभिटी) को अभावमा उद्योगी व्यवसायीहरूको ढुवानी लागत अत्यधिक बढेको उनको भनाइ छ ।

मुलुकको समग्र विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार आवश्यक रहेको ढकालले बताएका छन् । गुणस्तरीय शिक्षा काठमाडौं केन्द्रित मात्र नभई सातै प्रदेशमा समान रूपमा पुग्नुपर्नेमा उनले जोड दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x