विप्लव नेतृत्वको माओवादीले शुरु गर्यो आन्दोलन
काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले सरकारविरुद्ध आन्दोलन शुरु गरेको छ ।
शुक्रवारबाट काठमाडौंमा आन्दोलन शुरु भएको घोषणा गरेको हो । उनीहरुले सरकारविरोधी नाराबाजी गरेर विरोध जनाएका छन् । सर्वपक्षिय सरकार गठन हुनुपर्ने उनीहरुको माग छ ।
आन्दोलन घोषणा गर्दै महासचिव चन्दले अन्तरिम सुशीला कार्की सरकारलाई कठपुतलीको संज्ञा दिँदै उनीहरुको मनोभ्रम ध्वस्त पार्न आफूहरु तयार रहेको बताएका छन्। । शुक्रवारबाट माओवादीले आन्दोलनको कार्यक्रम शुरु गरेको र यो निरन्तर जारी रहने बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE