सरकारलाई काँग्रेस/एमालेका सांसदहरुले भनेः गैरकानूनी गतिविधि नगर्नू
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारलाई गैरकानूनी गतिविधि नगर्न सचेत गराएका छन् ।
राष्ट्रिय सभाका नेपाली काँग्रेसका सांसद ललितजंग शाही, नेकपा (एमाले)का सांसद सोनाम ग्याल्जेन शेर्पालगायतका सांसदहरुले सरकारले विना प्रमाण पक्राउ गर्ने, भ्रष्टाचारको मुद्दा लगाउने लगायतका गैरकानूनी काम गरेको भन्दै सरकारको आलोजना गरेका हुन् । बिहीवार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद शेर्पाले विना प्रमाण थुनछेक गर्नेलगायतका गैरकानूनी काम नगर्न सरकारलाई दवाव दिए । लोकप्रियतावादमा हौसियर सरकारले जथाभावी काम गर्न नहुने उनको भनाई थियो ।
नेपाली काँग्रेसका सांसद शाहीले अलपत्र अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। उनले राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढाउनका लागि नीतिगत रुपमा नै समस्या भएको सो समस्या समाधान हुनेगरी ती आयोजनाहरुको अनुगमन गरी सरकारलाई सुझाव दिने काम संसदीय समितिहरुले तत्काल गर्नुपर्ने बताए।
त्यस अवसरमा सांसदहरुले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि सरकारलाई सुझाव दिनेगरी संसदीय समितिको काम कारबाहीलाई अघि बढाउनुपर्नेमा पनि जोड दिएका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE