उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सँग रिसाएका छन् ।उपसभामाुखमा रास्वपाले नै प्रस्ताव गरेपछि उम्मेदवारी दिएको तर, पछि रास्वपाले अर्कै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भनेर उनी रिसाएका हुन् ।
एक थान उपसभामुख पद प्राथमिकता नरहेको उल्लेख गर्दै उनले भने, ‘ तथापि संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि, अन्य पूराना राजनीतिक दल र हामी परिवर्तन खोज्ने राजनीतिक दल बीचको ध्रुवीकरणको सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं ।’
एकातर्फ उपसभामुखको सन्दर्भमा पूराना राजनीतिक दलले आफूलाई बाइपास गरेर छलफल चलाइरहेको र अर्कोतिर रास्वपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको उनले दोहोर्याए ।तर, पछि रास्वपा र पूराना दलहरू एकातिर रहन पुगेको उनले बताए ।उनले भनेका छन्, ‘आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर बनाएको छ ।
हिजो पूराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक–फरक भएता पनि उनीहरू बीचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ ।’विदेशीको गोटी भइरहनेहरू र राष्ट्रवादी कित्ता क्लियर भएको भनेर पनि उनले व्यंग्य गरे । रास्वपाले उपसभामुखमा सहयोग गर्ने वचन दिएर पनि धोका दिएको उनले बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE