शनिबार, बैशाख १२, २०८३
Saturday, April 25, 2026

वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्रीकाे घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने घोषणा गरेका छन् ।

सरकारले सुकुम्वासी बस्ती हटाउने तयारी गरिरहँदा शुक्रबार सामाजिक सञ्जाल फेसकुबमा स्टाटस लेख्दै वास्तविक सुकुम्वासीहरूलाई प्रक्रिया पु¥याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने घोषणा गरेका हुन् । वर्षौं पुरानो यो समस्याको स्थायी समाधान सरकारले गर्ने प्रधानमन्त्री बालेनको भनाइ छ ।

यस्तै, प्रधानमन्त्री शाहले हरेक वर्ष बाढीका कारण काठमाडौंका नदीकिनारमा रहेका हजारौँ मानिस भाग्नुपरेको उल्लेख गरेका छन् । अब पनि कुन दिन ठूलो दुर्घटना हुन्छ भनेर कुरेर बस्न नहुने उनको भनाइ छ । प्रधानमन्त्री साहले उनीरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौंदेखि झुलाइयो, त्यसैगरी अबका वर्षहरूमा पनि झुलाइराख्नु ?“ भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री बालेनले सुकुम्वासीहरूलाई हटाएपछि काठमाडौंको ढल निकास प्रणालीलाई सहज बनाउने जनाएका छन् । उनीहरूलाई भने बल प्रयोग नगरी स्थानान्तरण गर्न लागिएको पनि उल्लेख गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x