सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।सिंहदरबारस्थित संसदीय दलको कार्यालय दलको नेता चयन गर्नका लागि बैठक बसिरहेको हो ।बैठकमा सभापति गगन थापा समेत सहभागी भएका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पल्ट संसदीय दलको कार्यालय पुगेका हुन् ।

उनलाई सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेहीञ, सदस्य तथा केन्द्रीय सदस्य मुना भुसाल र कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले स्वागत गरेका थिए ।आजको संसदीय दलको बैठक दलको नेता चयन गर्ने छ ।संसदीय दलको बैठक बस्नुअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

उक्त बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको थियो ।
सो निर्णयलाई संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी छ । कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x