आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

मुग्लिन–नारायणगढ सडक : तुइन खोलामा बाटो दुईतर्फी सञ्चालनमा

काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुइन खोला पुलनजिकै बाटो पुनः दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आइतबार बिहान करिब ६ बजेतिर पहिरो खस्दा उक्त स्थानमा सडक अवरुद्ध भएको थियो ।सुरुमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले साबेललगायत औजारको प्रयोग गरी बाटो एकतर्फी खुलाएको थियो ।

अलि ठूला ढुंगा हटाउन नसकेपछि प्रहरीले सडक डिभिजन भरतपुरलाई जानकारी गराएको थियो ।त्यसपछि मेसिनको सहायतामा बिहान करिब साढे ९ बजेतिर बाटो दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजनले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x