सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं। आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।उपकुलपति छनोट तथा सिफारिस समितिले शुक्रबार सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो ।

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ । समितिले शुक्रबारको मितिबाट १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेस गर्न भनेको छ । सरकारले जारी गरेको अध्यादेशमार्फत् बिभिन्न विश्वविद्यालयहरुका पदाधिकारी पदमुक्त भएका थिए ।

त्यसैले नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित नाम छनोट तथा सिफारिस समितिले यही वैशाख २४ गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो । सो कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा राखिएको समितिले जनाएको छ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x