सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालको सानदार जित

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले सानदार जित निकालेको छ ।स्कटल्यान्डलाई ६ विकेटले हराउदै नेपालले सानदार जित निकालेको हो । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो ।

नेपालका कप्तान रोहित पौडेलले नटआउट ७४ रन बनाए । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका पाण्डेको यो पहिलो अर्धशतक हो । स्कटल्यान्डका मार्क वाटले २ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ३९ ओभर १ बलमा १९४ रन बनाउँदा सबै विकेट गुमायो । स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले ७३, रन बनाए । नेपालका ललित राजवंशीले ४, सन्दीप लामिछानेले ३ विकेट लिए । यो जीतसँगै नेपाल लिग–२ तालिकामा २७ खेलमा २२ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ । यस्तै स्कटल्यान्ड ३१ खेलमा ३८ अङ्कसहित शीर्ष स्थानमा र अमेरिका २६ खेलमा ३६ अङ्कसहित दोस्रो स्थानमा छ ।

कीर्तिपुरमा चलिरहेको लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो । सोमबारको खेलमा सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । २५ वर्षीय सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x