सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्यो, पितृसत्तात्मक सोच र कुप्रथा अझै चुनौती : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिला दिदीबहिनीका साथै महिला हक र अधिकारको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका क्षेत्रमा क्रियाशील सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

महिला अधिकारको सम्मानः आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ २०८३ जेठ १६ गते देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्दै समानुपातिक, समावेशी तथा समतामूलक समाज निर्माण गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेका छन् ।

संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्पष्ट पार्दै उनले राज्यका सबै निकाय तथा संरचनामा महिलाको समानुपातिक र समावेशी प्रतिनिधित्व तथा अर्थपूर्ण सहभागितालाई प्रत्याभूत गरेको बताएका छन् । राज्यले महिलाको आर्थिक, सामाजिक, राजनीतिक तथा शैक्षिक सशक्तीकरणलाई आफ्नो नीतिगत प्राथमिकताका रूपमा अङ्गीकार गरेको सन्देशमा उल्लेख छ ।

राज्यद्वारा अवलम्बन गरिएको समावेशी नीति तथा कार्यक्रमहरूको सकारात्मक परिणाम देखिन थालेको प्रधानमन्त्रीको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x