बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

परराष्ट्रमन्त्री शिशिर खनाल आगामी शनिबार भारत जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी शनिबार भारत जाने भएका छन् ।

उनी तीन दिनका निम्ति भारत जान लागेका हुन् ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरेर फर्केको भोलिपल्ट परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली जान लागेका हुन् । भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा खनाल नयाँ दिल्ली जान लागेको जनाइएको छ ।

भारत भ्रमणमा रहँदा खनाल द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागी हुनेछन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

हाल रास्वपा सभापति लामिछाने भारत भ्रमणमा छन् । उनी शुक्रबार स्वदेश फर्कनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x