शुक्रबार, असार ५, २०८३
Friday, June 19, 2026

काठमाडौंको लैनचौरमा दक्षिण एशियाकै लग्जरी होटेल, मेरियट इन्टरनेशनलका अध्यक्षले गरे अवलोकन

काठमाडाैं । काठमाडौंको लैनचौरमा बनिरहेको दक्षिण एशीयाकै लग्जरी होटेलको काम तिब्र गतिमा भइरहेको छ ।

मेरियट इन्टरनेशनलअन्तर्गतका कम्पनीको फ्रेन्चाइजको रुपमा अस्ट्रेलियन व्यवसायी शेष घले यो ब्राण्ड भित्राएर निर्माण अघि बढाएका हुन्। मेरियट इन्टरनेशनलको स्थापना सन् १९२७ मा भएको थियो । हाल यसका ९ हजार सात सयभन्दा बढी होटल तथा रिसोर्टहरू १४० भन्दा बढी देशमा सञ्चालनमा छन् । यो होटल २०१३ देखि बन्न थालेपनि निर्माण अझै सकिएको छैन । लैनचौरमा बनिरहेको होटलको काम करिव ७५ प्रतिशत सकिएको र अब छिट्टै सञ्चालनको घोषणा गरिने घले जानकारी दिए। करिव १३ अर्ब रुपैयाँ लगानीमा होटल तयार हुने अनुमान थियो ।

उनकाअनुसार यो होटल साउथ एशीया अर्थात भारत, श्रीलंका, बंगलादेश, नेपालमै पहिलो लज्जरी होटल हुनेछ । ट्रेड मार्क रजिष्टेसनका लागि नाम दिइएको छ । अब १÷२ हप्तामा आउछ । हाल निर्माणको काम म्यारियटकै अनुरोधअनुसार भइरहेको उनले बताए। घलेकाअनुसार निर्माणाधिन होटलको मेयरिट इन्टरनेशनको अध्यक्ष डेभिड म्यारिवटले अवलोकन समेत गरेका छन् ।

लगानीकर्ता शेष घलेले भने–‘२०१३ देखि नै निर्माण शुरु भएको हो, विभिन्न परिस्थीतिले निर्माणमा ढिला भयो । लागत पनि धेरै नै बढ्न गयो । अब निर्माण पूरा हुन ३–४ महिना बाँकी छ । करिव १५ अर्बको हाराहारीमा पुग्ने देखिन्छ । २ महिना अघि हामीले मेरियट इन्टरनेशनलसँग साइन गरेका थियौँ । मेयरिट इन्टरनेशनको अध्यक्ष डेभिड म्यारिवटअवलोकन गर्न आज आउनुभयो । यो होटल साउथ एशिया अर्थात भारत, श्रीलंका, बंगलादेश, नेपालमै पहिलो लज्जरी होटल हुने भएको छ । ट्रेड मार्क रजिष्टेसनका लागि नाम दिइएको छ । अब १÷२ हप्तामा आउछ । त्यसैले हामीले पब्लिक नगरेको हो । म्यारियटकै अनुरोध अनुसार सबै काम भइरहेको छ ।’

लगानीकर्ता जमुना गुरुङ घलेले होटललाई अन्तर्राष्ट्रिय स्तरको विलासी सुविधासहित तयार पार्न विशेष ध्यान दिइएको बताए। उनकाअनुसार होटललाई सुरुमा शेरेटन ब्रान्डमा सञ्चालन गर्ने योजना रहे पनि पछि ‘लक्जरी कलेक्सन’मा स्तरोन्नति गरिएपछि डिजाइन र संरचनामा व्यापक परिमार्जन गर्नुपरेको थियो । निर्माणका क्रममा दक्ष तथा अर्धदक्ष जनशक्ति अभावका कारण काम प्रभावित भएको उल्लेख गर्दै उनले नेपालमा हालसम्म उपलब्ध नभएका स्तरीय सेवा र सुविधासहित होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।

उनले भने–‘यो होटल म्यारिटले म्यानेज गरेको लज्जरी कलेक्सनको ब्राण्ड हो । यो साउन एशियाकै पहिलो होटल हो । म्यारियट इन्टरनेशनलका अध्यक्षले यो होटलको भिजिट गरेर धेरै खुसी हुनुहुन्छ । होटल लज्जरी लेभलमै रहेछ भने उहाँ खुशी हुनुभयो । यो होटललाई शेराटनबाट लज्जरी कलेक्सनमा अपग्रेड गर्दा धेरै कुरा उहाँहरुले चेञ्ज गर्न पनि लगाउनुभएको थियो । एक÷डेढ बर्ष नै लाग्यो चेञ्ज गर्न । अहिले ७० प्रतिशत होटल निर्माणको काम सकिसकेको छ । नेपालमा एकदमै समस्या स्कील र सेमिस्कील लेभर पाउन एकदमै गाह्रो रहेछ । त्यस्तो खालको जनशक्ती नपाएर पनि यो होटल निर्माणको काममा ढिला भइरहेको छ । काम गर्छु भन्दा पनि लेभर नपाएर धेरै नै हामीले समस्या भोगेका छौँ । जेन्जी, प्रोफेसरहरुले धेरै क्वालिटीको रात बिताउनका लागि हामीले सोहीअनुसारको डेकोरेसनहरु मिलाउँदैछौँ । अहिलेसम्म नेपालमा नपाएको त्यस्तो खालको सुविधा दिनका लागि होटल सोहीअनुसार बनाउँदैछौँ ।’

पछिल्लो समय विश्वकै सबैभन्दा ठूलो होटल तथा आतिथ्य कम्पनीहरूमध्येको मेरियट इन्टरनेशनलले नेपालमा व्यवसाय विस्तारलाई तिब्रता दिन खोजिरहेको देखिन्छ । अहिले नै मेरियट इन्टरनेशनलअन्तर्गतका कम्पनीको फ्रेन्चाइजमा मेरियट काठमाडौं, मोक्सी, फेरिफिल्ड, अलफ्ट र सोल्टी होटलमा अटोग्राफ कलेक्सन सञ्चालनमा छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x