एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, हङकङ १९ रनले पराजित
काठमाडौं । हङकङलाई हराउँदै नेपालले एशियाली खेलकुद छनोटको उपाधि जितेको छ ।
सोमबार सिंगापुरमा भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा १९ रनले हराउदै नेपालले उपाधि जितेको हो । हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर ३ बलमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको थियो । नेपालका कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए ।
हङकङका आयुष शुक्ला र एहसान खानले १÷१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो । हङकङका अंशुमन रथले सर्वाधिक ८० रन बनाए । नेपालका शेर मल्लले ४ विकेट लिए । यस्तै ओमानलाई हराउँदै मलेशिया एशियाली खेलकुद छनोटमा तेस्रो भएको छ ।
तेस्रो स्थानका लागि सोमबार भएको खेलमा मलेशियाले ओमानलाई ८ विकेटले हराएको हो । यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेशिया र ओमान एशियाली खेलकुदमा छनोट भएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE