बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

विद्युत् महसुल बक्यौता असुली अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीकाे नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली अघि बढाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

उनले बक्यौता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन निर्देशन दिएका हुन् । प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरूको छुट्टाछुट्टै बैठकमा महसुुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकम समेत ठूलो रहेको हुँदा यसलाई छिटो फछ्र्यौट गर्नुपर्ने उनको भनाइ छ । बक्यौता असुली गर्न मन्त्रीबाट के निर्देशन आउँछ भनेर पर्खिएर बस्नुनपर्ने उनले बताए ।

डेडिकेटेड फिडर र ट्रंकलाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सडक बत्ती लगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । उनले कानुनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिन नहुने बताए । महालेखा परीक्षकको ६३औँ प्रतिवेदनमा विद्युत महसुल बक्यौता ५० अर्ब एक करोड रुपैयाँ रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x