झ्याप्लेखोला पहिरोमा पुरिएको अवस्थामा चारवटा बस र २८ वटा शव फेला

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा अहिलेसम्म चारवटा बस र २८ जनाको शव फेला परेका छन् ।
धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने झ्याप्लेखोलामा शनिबार दुईवटा बस १४ जनाको शव फेला परेका थिए भने आज थप दुई बस र १४ वटा शव फेला परेका हुन् ।
गोरखाको धार्चे गाउँपालिका–७ लापुबाट प्रस्थान गरेको बा ४ ख २२७० नम्बरको बस शुक्रबार रातिदेखि सम्पर्कविहीन भएको थियो । सो बस पृथ्वीराजमार्गअन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको पाइएको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE