बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अवरोधका बीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईँले कार्यालय पुगेर हाजिर गरेका छन् । उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरुको सहयोगमा उनले हाजिर गरेका हुन् ।

साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा महानगरका कर्मचारीहरु तलव पाउनबाट वञ्चित भएका थिए । यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भएको थियो । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईंलाई कार्यकक्षतिर लगेका थिए ।

प्रमुख बालेन्द्र साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लागाइएको थियो तर कर्मचारीहरुले ताला फोडेर गुरागाईंलाई हाजिर गराएका हुन् । प्रमुख बालेन्द्र साहले गुरागाईंलाई गत पुस ७ गतेदेखि बिदामा राखेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x