झ्याप्लेखोला पहिरोमा मृतकको संख्या ३० पुग्यो

काठमाडौं । धादिङको धुनिबेँसी नगरपालिका–९, झ्याप्लेखोलाको पहिरोमा आज (आइतबार) थप १६ शव भेटिएका छन् । यसअघि हिजो शनिबार दुइटा बस र १४ शव फेला परेका थिए ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आज बिहान ११–५५ बजेसम्म थप दुइटा बस र १६ शव भेटिएका हुन् ।
घटनास्थलमा उत्खनन जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE