बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पहिरोका कारण धादिङमा अलपत्र यात्रुलाई सुरुङमार्गबाट काठमाडौं ल्याइँदै

काठमाडौं । पहिरोका कारण बाटो बन्द भएपछि धादिङमा अलपत्र परेका यात्रुहरूलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट काठमाडौं ल्याउन सुरु गरिएको छ ।

पहिरो खसेर यातायात आवागमन ठप्प भएपछि नागढुंगा–मुग्लिन सडकखण्डको विभिन्न स्थानमा यात्रुहरु अलपत्र परेका बेला सडक विभाग र चन्द्रा गिरि नगरपालिकाको सक्रियतामा सुरुङमार्ग सुचारु गरिएको हो ।

आइतबार बिहान दुध बोकेको ट्याक्टरलाई सुरुङमार्गबाट काठमाडौं आउन दिइएको थियो । शनिबार पनि पहिरोको मुखमा अलपत्र यात्रुलाई सुरुङमार्ग आयोजनासँग समन्वय गरी स्थानीय रुटमा चल्ने गाडीबाट काठमाडौं ल्याइएको थियो । आयोजनाका अनुसार शनिबार करिब एक हजार यात्रुको उद्दार गरिएको थियो ।

कुखुरा बोकेका करिब दर्जन गाडीलाई सुरुङमार्गबाटै ल्याइएको थियो । बीचसडकमै रोकिएका यात्रुलाई निर्माणाधीन सुरुङमार्गबाट काठमाडौं ल्याउन सहजीकरण गरिएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x