बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नख्खुका बाढी पीडितलाई ढाडस दिन पनि पुगेन सरकार, दैनिक तीन सयलाई खाना खुवाउँछन् स्थानीय

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरुको जनजीवन अस्तव्यस्त छ । कतिपयको बासस्थान नै बगाएको÷डुबानमा परेको छ । जसरकारण पनि आम नागरिकहरुको जनजीवन प्रभावित छ । काठमाडौं उपत्यकामा वागमती, हनुमन्ते खोला, ललितपुरको नख्खु खोलाले बगाएर धेरै मानिसहरुको ज्यान गएको छ ।

नख्खु खोलाले घरवास बगाएर पीडित नागरिकहरु अहिले पनि खान र बस्नका लागि भौँतारिरहेका छन् । गाँसवासको टुंगो नहुँदा स्थानीहरु मिलेर उनीहरुलाई खान र बस्नको व्यवस्था गरिरहेका छन् । गत आईतवारदेखि ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित नख्खु खोला आसपासका पीडितहरुलाई स्थानीहरु मिलेर दुई छाक नै खाना खुवाइरहेको २५ नम्बर वडाका वडाध्यक्ष दौलतकुमार खत्री बताउछन् ।

उनले सहयोगी दाताहरुले एकद्वारा प्रणालीबाट वडामा आइ सहयोग गरिरहेको र सोही सहयोगबाट पीडितहरुलाई खाने र बस्ने स्थानको व्यवस्था गरिएको बताए । उनले २५ नम्बर वडामा २५० जनाको गाँसवास बाढीका कारण खोसिएको बताए । उनले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले पनि समन्वयपूर्ण काम गरे सहज हुने विश्वास व्यक्त गरे । बाढीले घरहरु बगाएसँगै सरकारले दिएको राहत राख्ने ठाउँ नै नभएपछि पनि समस्याहरु सिर्जना भइरहेको बताए ।

उनले भने, ‘यो हप्ताको आईतवारदेखि आज ६ दिनभयो, बिहान बेलुका अविरल वर्षाबाट पीडितलाई खाना खुवाइरहेका छौँ । सहयोगी दाताहरुले एकद्वारा प्रणालीबाट हामी खुवाउँछौँ भनेकाले लगातार खाना खुवाइरहेका छौँ । यो वडामा २५० जना जतिको गासवास बाढीका कारण खोसिएको छ । २ जनाको मृत्यु भयो, यो वडाबाट ।’

ललितपुर महानगरपालिका २५ नम्बर वडाकी महिला सदस्य सपना ठकुरीले स्थानीयहरु मिलेर पीडितलाई खाना खुवाइरहेको बताए । उनले दैनिक तीन सय जति मानिसहरुलाई खाना खुवाएको बताए । पीडितलाई खाना खुवाउन विभिन्न संस्थाहरुले सहयोग गरेको र बस्नका लागि सरकारी भवन, बालकुमारी मन्दिर लगायतमा राख्ने गरिएको बताए ।

उनले भने, ‘वडाको तर्फबाट भन्दा पनि आईतवारदेखि आफैँ मिलेर खाना खुवाइरहेका छौँ । तीन सय जति मानिसलाई खाना खुवाइरहेका छौँ । विभिन्न संस्थाले सहयोग गर्नुभएको छ । सरकारी भवन, बालकुमारी मन्दिरहरुमा बस्नुभएको छ । कतिपय साथीहरुकोमा गएर बस्नुभएको छ ।’

नेपाली काँग्रेस ललितपुर महानगरपालिका वडा नम्बर २५ का सभापति रविचन्द्र ठकुरीले महानगरपालिकाले पीडितको राहत र उद्धारमा राम्रो काम गरिरहेको बताए । उनले अहिले पनि विस्थापितहरुलाई बस्न र खानको व्यवस्था स्थानीय मिलेर गरेको बताए ।

उनले भने, ‘महानगरपालिकाले राम्रो उद्धार र राहत गरिरहेको छ । अहिले पनि बिस्थापितहरुलाई बस्न र खानको व्यवस्था गरेको छ ।’

गत असोज १२ र १३ गतेको अविरल वर्षाका कारण देशभर नै ठूलो जनधनको क्षति भएको छ । हजारौँ मानिसहरु बिस्थापित भएका छन् । अझै पनि मनसुन सफा भइसकेको छैन । त्यसैले विज्ञहरुले शतर्कता अपनाउन सुझाव दिइरहेका छन् । साथै चिकित्सकहरुले विपद्पछि स्वास्थ्यमा पनि ठूलो समस्या आउनसक्ने भन्दै पानी सफा खान र तताएर मात्रै प्रयोग गर्न आग्रह गरेका छन् । सरकारले पनि आवश्यक सावधानी अपनाएर यात्रा गर्न, स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x