बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एशिया रग्बीमा नेपालको महिला र पुरुषको खराब प्रदर्शन

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । नेपालका महिला र पुरुष दुवै टोलीले एशिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा सुखद् प्रदर्शन गर्न सकेनन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रवार भएको रग्बी सेभेन्स ट्रफीमा पुरुष र महिला दुवैमा नेपालले समान दुई हार सामना गरेका छन् । समूह ‘बी’ मा रहेको नेपाली पुरुष टोलीले पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० र दोस्रो खेलमा बहराइनसँग २७–७ स्कोरमा हार सामना गरेको हो ।

उज्वेकिस्तानले चार ट्राइ र दुई कनभर्जनबाट फराकिलो नतिजा आत्मसात ग¥यो । बहराइनले भने पाँच ट्राइ र एक कनभर्जन गर्दै समूहको शिर्ष दुईको सम्भावना बलियो बनायो । नेपालका रोहन डंगोल ट्राइमा रहँदा बहराइनले ‘हाइ ट्याकल’ गर्‍यो।

सोहीअनुरूप नेपालले पेनाल्टी ट्राइमार्पmत सात अंक बटुलेको हो । लगातार दोस्रो हारसँगै नेपाली पुरुष टोली बल च्याम्पियनसिपका लागि खेल्ने भएको छ । समूह ‘ए’ मा रहेको नेपाली महिला टोलीले पनि फिलिपिन्स र ग्वामसँग हार व्यहोर्‍ यो। नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो । फिलिपिन्सले सात ट्राइ र एक कनभर्जन गर्‍यो । नेपाल दोस्रो खेलमा ग्वामसँग पनि ५–१७ को स्कोरमा पराजित भयो । ग्वामले तीन ट्राइ र एक कनभर्जनमा सफलता पाउँदा नेपालकी कप्तान सृजना राईले एक ट्राइ गरिन् ।

नेपालले शुक्रवार नै समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्नेछ । महिला टोलीले पनि दुई हारसँगै बल च्याम्पियनयनसिप खेल्ने भएको छ । शुक्रवार भएको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीलाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको हो । चाईनिज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्‍यो ।

महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो । पुरुषतर्फ भारतले श्रीलंकालाई २९–१० को स्कोरमा पराजित भएको थियो । पुरुषतर्फ नै जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो । प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता छ । प्रतियोगिता शुक्रवार र शनिवार हुनेछ । प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x