आज यी प्रदेशमा छ पानी पर्ने सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका केही ठाउँमा वर्षा र बदलीको सम्भावना रहेको जनाएको छ । केही स्थानमा बदली हुँदा केही भू–भागमा वर्षाको सम्भावना रहेको विभागले जनाएको हो ।
विभागका अनुसार बिहान मधेस, लुम्बिनी प्र्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी प्रदेशका थोरै स्थानमा तथा कोसी, वाग्मती, कर्णाली र सुदूरपिश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार राति कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE