बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

दशैंको अन्तिम दिनः आज कोजाग्रत पूर्णिमा

काठमाडौं । आज दशैँको अन्तिम दिन । कोजाग्रत पूर्णिमाको दिनबाट दशैँ सकिन्छ । मान्यजनबाट टिका र आशिर्वाद थाप्ने आज अन्तिम दिन हो ।

आश्विन शुक्लपक्षको चतुर्दशी र पूर्णिमा तिथि बुधवार नै थियो । तर व्रत बस्नेहरुले आज पूर्णिमाको व्रत बसेर टिका, जमरा नदीमा सेलाउने, मन्दिरमा विसर्जन गर्ने गरिन्छ । काठमाडौंको भद्रकाली, मैतीदेवी लगायतका मन्दिरमा जमरा विसर्जन गर्नेहरु देख्न सकिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि शुरु भएको टीका र जमरा लगाउने क्रमको आज अन्तिम दिन हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशिर्वाद थाप्न घर घरमा जाने गर्दछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x