कस्तो हुनेछ आजको मौसम ? यस्तो छ पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जनाएको छ । ती प्रणालीको प्रभावले अहिले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE