भक्तपुर पूरा शहर नै जीवित संग्रहालय होः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर पूरा शहर नै जीवित संग्रहालय रहेको बताएका छन् । शनिवार भक्तपुरमा नेपाल संवत ११४५ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भक्तपुर पूरा शहरलाई नै जीवित संग्रहालय मान्न सकिने अवस्थामा पुगेको बताए । उनले भक्तपुर पर्यटकहरुको लागि पनि आकर्षणको केन्द्रबिन्दु बनेको बताए । उनले आफ्नो मौलिकता, इतिहास, परम्परा, संस्कृति, साहित्य भक्तपुरमा देख्न सकिने बताए ।
उनले भने, ‘भक्तपुरलाई जीवित संग्रहालय भनेर पनि मानिन्छ । यो संग्रहालय पनि हो । जुन संग्रहालयमा मानिसहरु बसोवास परापूर्व कालदेखि बसेका छन् । मानिसहरु बस्दाबस्दै यसलाई संग्रहालय मान्न सकिने अवस्थामा पुगेको छ । सिंगै शहर । भक्तपुर एउटा जिउँदो संग्रहालय हो । जहाँ पर्यटकहरुको आकर्षणको केन्द्र हो । यो वास्तवमा दुनियाँकै मानिस जातिका लागि एउटा आश्चर्यजनक ठाउँ पनि हो । जहाँ आफ्नो मौलिकता, इतिहास, परम्परा, संस्कृति, साहित्य छ । नृत्य, कला छ । सबै आफ्ना छन् । यसै ठाउँबाट शंखधर शाख्वा हुनुहुन्थ्यो ।’
प्रधानमन्त्री ओलीले नेपालको संस्कृतिको संरक्षण गर्न सरकार लागिपरेको बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE