बसन्त योगी र एसडी योगीको ‘लहै लहैमा’ भित्र आस्मिक र एलिनाको रोमान्स (भिडियो सहित)
काठमाडौं । गीतकार बसन्त योगीको ‘लह लहैमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार योगीको शब्द रचना तथा एसडी योगीको संगीत र गायन रहेको उक्त गीतको भिडियो हालै ‘सेभेन व्हिल्स क्रियशन’ नामक युट्युव स्ट्रिमिङ मार्फत सार्वजनिक गरिएको हो ।
उक्त गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङसमेत एसडी योगीले गरेका छन् ।
डान्सिङ प्याट्रनमा मनोरञ्जक तरिकाले निर्माण गरिएको गीतको भिडियोमा आस्मिक लम्साल र एलिना थपलियालाई फिचर्ड गरिएको छ । रोशन विश्वकर्माले कोरियोग्राफी गरेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, विकाश प्रसाईंको सम्पादन, प्रविन आचार्यको निर्माण र विकाश प्रसाईंकै निर्देशन रहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE