बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानन्यायाधीशमा प्रश्तावित गरिएका राउतविरुद्ध ६ वटा उजुरी

काठमाडौं । प्रश्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ । संसदीय सुनुवाई समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनीविरुद्ध ६ वटा उजुरी परेको जानकारी गराएका हुन् ।

त्यसैगरी बेल्जियमका लागि प्रश्तावित राजदुत सेवा लम्साल र अष्ट्रेलियाका लागि प्रश्तावित राजदुत चित्रलेखा यादवविरुद्ध पनि १–१ वटा उजुरी परेको समितिले जनाएको छ । यही असोज ३ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि प्रश्तावित राउत र नेपाली राजदुतका लागि प्रश्तावितद्वय लम्साल र यादवविरुद्ध उजुरी दिन समितिले १० दिने सूचना जारी गरेको थियो ।

ज्येष्ठ सदस्य राणाले भने, ‘समितिको २०८१ असोज ३ गतेको निर्णय अनुसार नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएको प्रकाशमान सिंह राउत एवं बेल्जियम र अस्ट्रोलियाका लागि नेपाली राजदुत पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका क्रमशः सेवा लम्साल र चित्रलेखा यादवलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार खोली समिति समक्ष १० दिन भित्र उजुरी वा सूचना दिन सूचना जारी गरिएकोमा उक्त मिति र समय भित्र प्रश्तावित प्रधानन्यायाधीशविरुद्ध ६ वटा र प्रश्तावित राजदुतविरुद्ध २ वटा उजुरी प्राप्त हुन आएको व्यहोरा बैठक समक्ष जानकारी गराउँदछु ।’

समितिले प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुतद्वय लम्साल र यादवविरुद्धको उजुरीमाथि छानविन गरी सुनुवाई कार्य गर्नुपर्नेछ । समितिको अर्को बैठक असोज १५ गते मंगलवार (भोलि) अपरान्ह २ बजेका लागि बोलाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x