बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अजरबैजानमा शुरु भयो कोप–२९

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि कोप—२९ का पक्षहरूको सम्मेलनको २९ औँ सत्र सोमवार अजरबैजानको राजधानी बाकुमा शुरु भएको छ ।

यस वर्षको जलवायु सम्मेलनको उद्देश्य विकासोन्मुख देशहरूको समर्थनमा विकसित देशहरूले वार्षिक १०० अर्ब अमेरिकी डलर परिचालन गर्ने र उपलब्ध गराउने विद्यमान सामूहिक लक्ष्यलाई बदल्न नयाँ जलवायु परिवर्तन कोष लक्ष्य खोज्ने राखिएको छ । नोभेम्बर ११–२२ को लागि निर्धारित सम्मेलन विश्वव्यापी कार्बन व्यापार बजार, साथै जीवाश्म ईन्धनबाट विश्वव्यापी ऊर्जा संक्रमण जस्ता विषयहरूमा पनि केन्द्रित हुनेछ ।

कोप—२९ का अध्यक्ष–निर्वाचित र अजरबैजानका पारिस्थितिकी र प्राकृतिक स्रोत मन्त्री मुख्तार बाबेभले उद्घाटन समारोहमा नयाँ लक्ष्य तत्काल समस्याहरू सम्बोधन गर्न प्रभावी र पर्याप्त हुनुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x