रास्वपाले काठमाडौंको कीर्तिपुरमा उम्मेदवारी नदिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंको कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय निकायको निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन आज रास्वपाले कीर्तिुिर नगरपालिकाको मेयर र वडा नं. २ को अध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो ।
यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भएको थियो । तर, रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको छ । काठमाडौँ महानगरको १६ नं। वडामा भने रास्वपाले उम्मेदवारी दिने भएको छ ।
रास्वपाका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टले पार्टीले खोजेको जस्तो उम्मेदवार नभएकाले त्यहाँ उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए । आफूले उम्मेदवारी नदिएपछि रास्वपाले राम्रो उम्मेदवारलाई सर्मथन गर्ने बिष्टको भनाइ रहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE