दुर्गा प्रसाईंको म्याद थप, पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको म्याद थप भएको छ । मंगलबार भक्तपुरस्थित आफ्नै निवासबाट साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार अदालतले ५ दिनको म्याद थप गरेको हो ।
काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको सीआईबी श्रोतको भनाइ रहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE