बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

वर्तमान सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहन्छः प्रधानमन्त्री ओली

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँगको सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् ।सरकार दशैं, तिहारसम्म टिक्दैन भनेर भ्रम छर्नेहरुले अहिले फागुनसम्म पनि टिक्दैन भन्ने भ्रम फैलाउने काम गरिरहेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले सरकार आगामी २०८४ साल मंसिरमा हुने निर्वाचनसम्म कायमै रहने दाबी गरेका हुन् ।

२०८४ साल मंसिरको चुनावसम्म अहिलेको समिकरण कायम रहने प्रधानमन्त्री ओलीको भनाई थियो । हन्छ । शुक्रवार काठमाडौंमा नेकपा (एमाले) काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीले संयुक्त रुपमा आयोजना गरेको जागरण सभामा बोल्दै उनले अवको १८ महिनापछि आफूले सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने उल्लेख गर्दै सरकार पूरा कार्यकाल रहँदैन भन्नेहरुले फैलाएको भ्रम चिर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले मुलुक र लोकतन्त्रलाई अफ्ठ्यारोमा पार्न नदिन र समाजमा अराजकता मच्चाउने काम हुन नदिन काँग्रेससँग सहकार्य गरेर अघि बढ्नुपरेको पनि स्पष्ट पारे ।

उनले भने, ‘सरकार बन्दै बन्दैन भन्थे, बन्यो । विश्वासको मत पाउँदै पाउँदैन, त्यो पनि पायो । यो महिना कट्दैन, त्यो पनि कटयो । दशैं देख्दैन, देख्ने मात्रै होइन, मनायो । तिहार देख्दैन, त्यो पनि देख्यो । कार्तिक कटदैन, त्यो पनि कटयो । मंसिर देख्दैन, त्यो पनि देख्यो । अब भाका राख्दैछन् फेबु्रअरीको । फेब्रुअरी भनेको त्यो माग, फागुनको कुरा हो । फागुनको कुरा होइन, म भन्न चाहन्छु–२०८४ साल मंसिरको चुनावसम्म अहिलेको समिकरण कायम रहन्छ । सबैले बुझे हुन्छ–कान खोलेर सुने हुन्छ । मेरो अवधि म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि म प्रधानमन्त्री छोडेर शेरबहादुर देउवाजीलाई जिम्मा लगाउछु । उहाँले प्रधानमन्त्रीत्व फेरि १८ महिना उहाँले चलाउनु हुन्छ । यसमा कुनै भ्रम नराखे हुन्छ । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–यस्ता भ्रममा नपर्नुस, यस्ता भ्रममा आम जनतालाई पर्न नदिनुस् । यस्ता भ्रमहरुको खण्डन गर्नुस् । ढुक्कले अगाडि बढ्नुस् । अवश्य पनि नेपाली काँग्रेस र नेकपा एमाले प्रतिस्पर्धी पार्टी पनि हुन् । अहिले नेपाली काँग्रेस र नेकपा एमाले किन एक ठाउँमा छन ? यसकारण कि अहिले हामी बीचको प्रतिस्पर्धा भन्दा एकता महत्वपूर्ण कुरा हो । देशलाई अप्ठयारोमा पार्न खोजिएको छ, लोकतन्त्रलाई अप्ठयारोमा पार्न खोजिएको छ । संविधान मास्न खोजिएको छ । अराजकताको स्थिति ल्याउन खोजिएको छ । अराजकता मच्याएर समाजलाई भाँड्न खोजिएको छ ।’

प्रधानमन्त्री ओलीले मुलुकमा अराजकता मच्याएर समाजलाई भाँड्ने प्रयासलाई सरकारले असफल बनाउने पनि बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x