काठमाडौं आइपुगे भुटानका राजा

काठमाडौं । भुटानका राजा जिग्मे वाङचुक काठमाडौं आइपुगेका छन् । उनी रानी तेत्सुन पेमा वाङचुकसहित १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् ।
ड्रुक एयरको विमानबाट शुक्रबार बिहान ९ः ४२ मा काठमाडौं ओर्लिएका उनलाई स्वागत गर्न परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।
उनी काठमाडौँमा हुँदा बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्ने तालिका छ । काठमाडौँ आउँनासाथ उनी स्वयम्भूनाथ भ्रमणमा गएका छन्। स्वयम्भूपछि उनी बौद्धनाथको दर्शनको लागि जाने छन् ।
उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE