शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

काभा मेन्स भलिबल क्लव च्याम्पियनसिपः इरान यु १८ सेमिफाइनलमा

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं । इरानको यु–१८ टिमले काभा मेन्स भलिबल क्लव च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै काभा मेन्स भलिबल क्लव च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको क्यालीकटलाई सोझो सेटमा पराजित गर्दै इरानको युवा टिम एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको क्यालीकट र इरानको टिमबीचको खेल प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको थियो । तर इरानको युवा खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रह्यो । पहिलो सेट प्रतिष्पर्धात्मक बनेपनि २७–२५ ले इरानले जित्यो । एक सेट गुमाएपछि दोस्रो सेटमा पनि क्यालीकट खेलमा फर्कन सकेन । सहजै इरानको यु–१८ टिमले २५–२२ ले जित्यो ।

खेलमा दुई शुन्यको स्पष्ट अग्रता कायम गर्‍यो । २५–२० ले तेस्रो सेट पनि सहजै इरानले जित्यो । यो सोझो सेटको जितमा इरानले लगातार तेस्रो जित सहित ७ अंक बनाएको छ । इरानले यसअघि पहिलो खेलमा माल्दिभ्सको क्लव एचडिसीलाई र दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३–२ को सेटमा हराएको थियो ।

पराजित क्यालिकटको भने यो दोस्रो हार हो । क्यालीकट पहिलो खेलमा टिमटप हेल्प नेपालसँग हारेको थियो । दोस्रो खेलमा माल्दिभ्सको क्लव एचडिसीलाई हराएपनि आज इरानसँग सोझो सेटमा पराजित भयो । उसले तीन खेलबाट मात्र ४ अंक बनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x