रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

काठमाडौं । सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको छ । उनलाई हिरासत म्याद थपका लागि मंगलवार जिल्ला अदालत कास्की उपस्थित गराइएको हो ।
यसअघि मंसिर २७ गते उनमाथि अध्ययनका लागि ५ दिनको म्याद थप गरिएको थियो । उनीसँगै प्रहरीले गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, जीवि राईका सहयोगी लिला पछाईंलाई पनि अदालत उपस्थित गराएको छ ।
लामिछानेलाई अदालत उपस्थित गराएसँगै उनलाई भेट्न उनकी पत्नी निकिता पौडेल जिल्ला अदालत कास्की पुगेकी थिइन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE