बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

हाइटीमा पत्रकार सम्मेलनमै गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक हतियारधारी व्यक्तिले गोली चलाएको छ ।

हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा तीनजनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् । मृत्यु हुनेमा दुई पत्रकारसहित तीनजना छन् ।

यो सार्वजनिक अस्पताल हिंसात्मक समूहले कब्जा गरेको थियो । गोली चल्दा पत्रकारहरू स्वास्थ्यमन्त्रीलाई पर्खिरहेका थिए ।

हमला भिभ अन्सानम समूहले गराएको जनाइएको छ । यो गोलीबारीपछिका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x