सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको हृदयघातबाट निधन

काठमाडौं । हृदयाघातका कारण सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिए पनि शुक्रबार राति उनको निधन भएको हो ।
उनी २०६५ साल भदौ २२ मा न्यायाधीश नियुक्त भएका थिए । पदावधि नथपिएपछि उनले २०७० चैत २९ मा अवकाश पाएका थिए ।
वस्ती करिब ६ वर्षसम्म सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश पदमा रहेका थिए । उनका छोराछोरी अमेरिकामा रहेका कारण आइतबार मात्र अन्तिम दाहसंस्कार गरिने भएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE