कानून निर्माण काम रोक्नका लागि होइन, काम गर्नका लागि हुनुपर्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको बताए । उनले कतिपयले यसको बिरोध गर्न खोजिरहेको भन्दै १५÷२० दिनमा संसदमा पेश भएर दुई महिनाभित्र कानूनको रुप लिइसक्ने बताए । उनले दुई महिनासम्म देशका कामहरु रोकेर राख्न नमिल्ने बताए । उनले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्वपूर्ण रहेको बताए ।
उनले विकासका काम अघि बढाउने र जनतको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानूनहरुको निर्माण जरुरी रहेको बताए । प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अब गरिब छोडिरहन नसक्ने बताए । उनले आत्मविश्वासका साथ अघि बढे गरिबी निवारण सम्भव रहेको बताए । सम्पूर्ण जनता अधिकार सम्पन्न हुनुपर्ने र अधिकारको निर्वाध उपयोग गर्न पाउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले हामीले भर्खर कानून अध्यादेशमार्फत ल्याएका छौँ । कतिपयले त्यसको बिरोध गर्न खोजिरहेका छन् । अध्यादेशले शासन खोज्यो भने । १५/२० दिनभित्र संसद आइसक्छ । संसद आएको पहिलो दिन त्यहाँ पेश गर्छौं । त्यहाँ छलफल गर्छौं । र अगाडि बढाउँछौँ । दुई महिनाभित्र त्यसको टुंगो लागिसक्नुपर्छ । तर दुई महिनासम्म काम रोकेर बस्न मिल्दैन । एउटा देशको दुई महिना भनेको महत्वपूर्ण छ । अत्यन्त जरुरी कुराहरु । अहिले खोल्न जरुरी छ । उद्यमी व्यवसायीहरु अहिले तड्पिएका छन् । हाम्रा नीतिहरु, कानूनहरु बन्नुपर्दछ, काम गर्नका लागि, काम रोक्नका लागि होइन । रोक्न कानून बनेका छन् भने त्यस्ता कानूनलाई फेर्न पर्दछ । कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पुर्याउने र व्यवसायीलाई पुग्ने सकारात्मक कानूनहरु परिवर्तन गर्नुपर्छ । एक हप्ता ढिलो हुन्छ भने एक हप्ता अगाडि गर्नुपर्दछ । अध्यादेश भनेको कुनै छुट्टै पृथक केही कुरा होइन ।’
प्रधानमन्त्री ओलीले अधिकारको उपयोगको नाममा सभ्य समाजलाई पाच्य नहुने कुरा बोल्न नहुने बताए । उनले उर्जाको प्रयोग नबढाइ नहुने बताए । नेपालसँग १ लाख २० हजार मेगावाट भन्दा बढी उर्जा क्षमताको भरपुर प्रयोग गर्नुपर्ने बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE