शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

माघ १८ गते संसद अधिवेशन बोलाउने सरकारको निर्णय

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । सरकारले माघ १८ गते संसद अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले माघ १८ गते शुक्रवार १ बजेका लागि संसद अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदको आगामी अधिवशेन माघ १८ गते बोलाउने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘संसदको आगामी अधिवेशन माघ १८ गते शुक्रवार बोलाउने निर्णय भयो ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरकारले माघ १८ गते शुक्रवार दिनको १ बजे सदन बोलाउने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘माघ १८ गते शुक्रवार दिनको १ बजे सदन बोलाइएको छ । प्रतिपक्षहरुले दिन दिनै कहिलेदेखि कहिलेदेखि भन्ने गर्दथे । अब माघको १८ गते शुक्रवार दिनको १ बजे संसद बोलाइएको छ ।’

मन्त्री गुप्ताले प्रतिपक्ष दलहरुले कहिलेबाट संसद बोलाउने भन्ने प्रश्न गरिरहेको भन्दै त्यसको जवाफ प्राप्त भएको पनि बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x