बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संसदमा यथाशिघ्र पेश गर्न संसदीय समितिको निर्देशन

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं । एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशिघ्र पेश गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशिघ्र पेश गर्नसरकारलाई निर्देशन दिएको हो ।

बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति सोनाम गेल्जेन शेर्पाले समितिले निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशिघ्र नियुक्ति गर्न निर्देशन दिने निर्णय गरेको बताए ।

उनले भने, ‘एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशिघ्र पेश गर्न नेपाल सरकारलाई निर्देशन दिने । निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशिघ्र नियुक्ति गर्न निर्देशन दिने ।’

समितिले आजको बैकठमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणासम्बन्धी छलफल गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x