बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राजनीतिक दलहरु गम्भीर नहुँदा कानून निर्माण हुन सकेनन्ः प्रमुख सचेतक परियार

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरु गम्भीर नहुँदा कानून निर्माण हुन नसकेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राजनीतिक पार्टीका कारणले कानून निर्माण नभएको दबी गर्दै उनले संसदले कानून निर्माण गर्न नसकेको भन्नेकुरा सत्य नरहेको बताए । उनले अहिलेसम्म पनि आधारभुत संविधान कार्यान्वयन गर्ने कानून बनाउन नसक्नु दुःखको विषय भएको बताए । संविधान कार्यान्वयन नगर्ने अनि प्रणालीलाई दोष दिएर उम्किने काम गर्न नहुने बताए ।

उनले भने, ‘संसदले कानून निर्माण गर्न नसकेको होइन । गम्भीर भएर राजनीतिक पार्टीहरुले सोच्नुपर्छ । राजनीतिक पार्टीका कारणले कानून निर्माण नभएको हो । संसद भनेको कुर्सी र टेबल होइन । त्यहाँ राजनीतिक पार्टीहरु छन् । ति पार्टीहरुका कारणले कानून निर्माणमा गम्भीरताका साथ काम नगरिदिएका कारणले संसदले कानून निर्माण गर्न सकेन । यत्तिका समयसम्म पनि आधारभुत संविधान कार्यान्वयन गर्ने कानून बनाउन सकेका छैनौँ । आज आएर प्रणालीलाई दोष दिने ।’

उनले संविधानको कार्यान्वयन नै नगरी पुनरावलोकनको कुरा नआउने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x