बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

काभ्रेमा बस दुर्घटना,एक जनाको मृत्यु

काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका–३ स्थित कुँडालमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन् ।

दुर्घटनामा तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधीकारीले जानकारी दिए ।

धादिङबाट बिवाहको जन्ती पुर्याएर फर्कि रहेको ना ४ ख ८८१७ खाली बस ट्रनिङमा व्याक गर्ने क्रममा आज बिहान पौने ६ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो । दुर्घटनामा परी बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन  घाइते भएका छन् ।

उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x