राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको पहिलो महाधिवेशन चैत ८ र ९ गते काठमाडौंमा हुने

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको पहिलो महाअधिवेशन चैत्र ८ र ९ गते काठमाडौंमा हुने भएको छ । आईतवार राजधानीमा पत्रकार सम्मेलनको गरेर महाधिवेशनका प्रचार संयोजक माधव चौलागाईंले बताए ।
उनले पार्टी केन्द्रिय कार्यालयमा हुने महाविधेशनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने जानकारी दिए । उनकाअनुसार महाधिवेशनमा देशभरबाट एक हजार बढी प्रतिनिधि सहभागी हुनेछन् ।
उनले भने, ‘नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्धारा उद्घाटन हुने सो महाधिवेशनमा देशभरका ७७ वटै जिल्लाका लगभग एक हजार जना प्रतिनिधिहरु सहभागि हुनेछन् । हालसम्म ६ वटा प्रदेश, ७२ जिल्लाका १६० संघीय निर्वाचन, ३२० प्रदेश सभा र अधिकांश स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको छ ।’
संघको विधानअनुसार विधान अनुसार लोकतान्त्रिक अपाङ्ग संघमा ५१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । जसमध्ये ३९ जना निर्वाचित र १२ जना मनोनित हुनेछन् । २०६३ सालमा गठन भएको संस्थाले १८ वर्षमा पहिलो महाअधिवेशन गर्न लागेको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE