बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज कुन देशको मुद्राको नेपाली कतिमा हुँदैछ कारोबार ?

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर निर्धारण गरेको छ । आजको लागि तोकिएको विनिमयदर अनुसार भारतीय रुपैया १०० को नेपाली खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यसैगरी, आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा थियो ।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १४८ रुपैयाँ ८० पैसा र बिक्रीदर १४९ रुपैयाँ ४५ पैसा छ । हिजो युरो १ को खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा थियो ।

त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४५ पैसा छ । हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४६ पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३६ र बिक्रीदर ८६ रुपैयाँ ७३ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ६९ र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा थियो ।

त्यसैगरि कुवेती दिनार १ को खरिददर ४४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ३९ पैसा छ । हिजो कुबेती दिनार १ को खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६२ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७१ पैसा छ ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४०पैसा थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x