बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

काठमाडौं । संसदीय समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको हो ।

त्यसअघि समितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन उपर छलफल भइ पारित गरिएको थियो । समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति सन्तोष चालिसेले समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको जानकारी दिए । उनले अब प्रतिनिधि सभामा पेश गर्नका लागि सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको बताए ।

उनले भने, ‘हामी लगातार विधेयकमा नै छौँ । अरु कार्यक्रममा पनि भेट हुने नै छ । मान्यज्युहरुलाई यो प्रतिवेदन पारित गरिदिनका लागि प्रश्ताव गर्दछु । सुझावसहितको प्रतिवेदन पारित भएको छ । प्रतिनिधि सभामा प्रतिवेदन प्रश्तुत गर्नका लागि सम्माननीय सभामुखसँग समय माग गर्ने । हामीले यो विधेयक आज पास गरेका छौँ ।’

समितिमा लामो समयदेखि भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकउपर छलफल भइरहेको थियो । आज समितिको बैठकले उक्त विधेयक छलफलसहित पारित गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x